होर्मुज जलमार्गमा विस्फोटक हटाउन अमेरिकाको रोबोटिक अभियान
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले होर्मुज जलमार्गमा बिछ्याइएका विस्फोटक पदार्थ हटाउन अत्याधुनिक रोबोटिक प्रविधि प्रयोग गरेको छ। इरानसँगको तनावका बीच व्यापारिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न यो कदम चालिएको हो। होर्मुज जलमार्ग विश्वको प्रमुख तेल र ग्यास ढुवानी हुने मार्ग भएकाले यसको सुरक्षा महत्वपूर्ण मानिन्छ।
अमेरिकी नौसेनाले मानवरहित अन्डरवाटर ड्रोन प्रयोग गरेर समुद्रको सतह र पिँधमा विस्फोटक पदार्थ खोजिरहेको छ। यसका लागि आरटीएक्स कर्पोरेसनले विकास गरेको विशेष ड्रोन प्रणाली प्रयोग भइरहेको बताइएको छ।
उक्त ड्रोनले यूएक्यूएस–२० नामक सोनार प्रणाली तानेर ठूलो क्षेत्रको समुद्री पिँध स्क्यान गर्न सक्छ। यसले एक पटकमा करिब १०० फिट चौडाइसम्मको क्षेत्र जाँच गर्न सक्ने बताइएको छ। परम्परागत तरिकाले हप्तौँ लाग्ने काम अहिले रोबोटिक प्रविधिबाट छिटो र प्रभावकारी रूपमा भइरहेको छ।
अमेरिकाले यस अभियानको उद्देश्य समुद्री मार्ग सुरक्षित बनाउनु र विश्व ऊर्जा आपूर्तिमा अवरोध आउन नदिनु रहेको जनाएको छ।







