नेपाल ‘ए’ टोली घोषणा, तीन देशसँग खेल्ने तयारी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ क्रिकेट टोलीको ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। यो टोलीले ओमन, स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ।
क्यानले सोमबार विज्ञप्ति जारी गर्दै टोली सार्वजनिक गरेको हो। नेपाल ‘ए’ टोलीले २२ अप्रिलदेखि ११ मेसम्म काठमाडौँको माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलहरू खेल्नेछ। यस सिरिजमा नेपालले ओमन राष्ट्रिय क्रिकेट टोली, स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली र अमेरिका राष्ट्रिय क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्नेछ।
टोलीको मुख्य प्रशिक्षक राजु बस्न्यात र सहायक प्रशिक्षक प्रकाश शर्मा रहेका छन्। प्रारम्भिक टोलीमा तृतराज दास, देव खनाल, शंकर राना, इशान पाण्डे, अनिलकुमार शाह, कुशल मल्ल, सन्दीप जोरा, शाहब आलम, सागर ढकाल, आकाश चन्द लगायत ३२ खेलाडी समावेश छन्।
यो सिरिजलाई नेपाल ‘ए’ टोलीका लागि अन्तर्राष्ट्रिय स्तरको तयारी र अनुभव बटुल्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
प्रारम्भिक टोली :– तृतराज दास, देव खनाल, शंकर राना, इशान पाण्डे, अरनिको यादव, विवेक राना मगर, अनिलकुमार शाह, अर्जुन घर्ती मगर, नारायण जोशी, रासिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद, प्रतिश जीसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दिनेश कँडेल, शेर मल्ल, रुपेश सिंह, शुभ कंसाकार, पवन सर्राफ, सागर ढकाल, दीपक डुम्रे, शाहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अविशेक गौतम।







