विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयप्रति एमाले नेता ज्ञवालीको आपत्ति

User Image Prime TV News २ हप्ता अगाडि
Image of विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयप्रति एमाले नेता ज्ञवालीको आपत्ति

काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले यो निर्णयलाई “चरम अलोकतान्त्रिक” भन्दै आलोचना गरेका हुन्। उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदम गलत छ। उनले विश्वविद्यालयभित्र सुरक्षा युनिट स्थापना गर्ने तयारीप्रति पनि आपत्ति जनाउँदै यसलाई प्राज्ञिक स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन्।

ज्ञवालीले विद्यार्थी आन्दोलनमा केही कमजोरी भए पनि त्यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए। उनका अनुसार विद्यार्थी संगठनलाई निषेध गर्नु समाधान होइन, बरु संवाद र सहकार्य आवश्यक छ। उनले सरकारलाई लक्षित गर्दै प्रतीकात्मक प्रश्न पनि गरेका छन्—“कपालमा चायाँ पर्‍यो भनेर गर्धन नै छिनाउने हो र?”