गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण: सेयर लगानी ऋणबाट गरेको दाबी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले आफूले सेयर बजारमा गरेको लगानी ऋण (कर्जा) मार्फत जुटाएको बताएका छन्। विभिन्न मिडियामा उनको लगानी र विवादित व्यवसायीसँगको सम्बन्धबारे प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका हुन्।
उनका अनुसार सबै रकम बैंकिङ प्रणालीमार्फत आएको हो र त्यसको पूरा रेकर्ड हुने भएकाले कुनै कुरा लुकाउन नसकिने उनले दाबी गरेका छन्। गुरुङले बैंकबाट गएको पैसाको विवरण कहिले, कहाँ र कसलाई गएको हो सबै देखिने भएकाले पारदर्शिता रहेको बताएका छन्।
उनका अनुसार उनले गरेको लगानी ऋणमार्फत हो, जसको लिखित तमसुक पनि रहेको छ। विसं २०८० भदौ २९ गतेको तमसुकअनुसार ऋण लिइएको र सोही रकम सेयर बजारमा लगानी गरिएको उनले स्पष्ट पारेका छन्। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” गुरुङले भनेका छन्।
पछिल्लो समय उनको लगानी र व्यवसायीहरूसँगको सम्बन्धबारे प्रश्न उठिरहेका बेला उनले यस्तो स्पष्टीकरण दिएका हुन्।







