मानव अधिकार आयोग चाडपर्वको बिदामा पनि सक्रिय रहने

User Image Prime TV News १ हप्ता अगाडि
Image of मानव अधिकार आयोग चाडपर्वको बिदामा पनि सक्रिय रहने

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार र छठलगायतका चाडपर्वको सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू सञ्चालनमा राख्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै बिदाका दिनहरूमा आयोग बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जानकारी दिएका छन्।

यस अवधिमा नागरिकहरूले उजुरी दर्ता गराउन सक्ने र आकस्मिक मानव अधिकार उल्लङ्घनका घटनामा अनुगमनसमेत गरिने छ। केन्द्रीय कार्यालय ललितपुरको हरिहरभवनसँगै आयोगका सबै प्रदेश तथा शाखा कार्यालयहरू पनि यसैअनुसार सञ्चालन हुनेछन्।

आयोगले चाडपर्वको समयमा मानव अधिकार उल्लङ्घनको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ। साथै, यस्ता घटनामा छिटो सम्पर्क गर्न नजिकको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।

महँगी, कालोबजारी, सार्वजनिक सेवामा बाधा तथा सम्भावित अपराध नियन्त्रण गर्न सरकारलाई पूर्वतयारीसहितको पहल गर्नुपर्ने आयोगको भनाइ छ।