प्रधानमन्त्री बालेन शाहद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन शाहद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्।

सिंहदरबारमा भएको बैठकमा ११ विश्वविद्यालय र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी भएका थिए। बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समस्या तथा समाधानका उपायबारे छलफल गरिएको जनाइएको छ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए। त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि बैठकमा सहभागी भएका थिए।

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका अहिलेका समस्या समाधान गर्ने उपायबारे छलफल भएको र केही विषय तत्कालै समाधान गर्न सकिने विषयमा पनि कुराकानी भएको बताइएको छ।