रास्वपा केन्द्रीय समिति बैठक सुरु, गृहमन्त्रीको बिषयमा के गर्ला ?

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपा केन्द्रीय समिति बैठक सुरु, गृहमन्त्रीको बिषयमा के गर्ला ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक सोमबार दिउँसो वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको हो। बैठकमा सचिवालयले गरेका निर्णय अनुमोदन गर्नुका साथै ९ वटा एजेन्डामाथि छलफल भइरहेको छ।

मुख्य रूपमा केन्द्रीय समितिका पदाधिकारी मनोनयन, महाधिवेशनको कार्यविधि र पार्टी विधान संशोधनका विषयमा छलफल हुने बताइएको छ। सह–महामन्त्री विपिन कुमार आचार्यका अनुसार गृहमन्त्री सुधन गुरुङ सँग सम्बन्धित विवादबारे पनि बैठकमा छलफल हुनेछ। उनको नाम व्यवसायी दीपक भट्टसँगको सेयर लगानीमा जोडिएपछि यो विषय उठेको हो।

बैठकमा संगठन बलियो बनाउने, महाधिवेशनको तयारी गर्ने र नीतिगत सुधारका विषयमा पनि कुराकानी भइरहेको छ। यसअघि सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गर्ने, समानुपातिक सांसदलाई जिम्मेवारी दिने र प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको थियो।