प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग्यो गृहमन्त्री गुरुङमाथि छानबिन

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग्यो गृहमन्त्री गुरुङमाथि छानबिन

काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै उनीमाथि लागेको आरोपबारे तत्काल छानबिन गर्न सरकारसँग आग्रह गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग सम्बन्धित विषयले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

कांग्रेसका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्रीको व्यापारिक साझेदारी रहेको भन्ने समाचार सार्वजनिक भएका छन्। साथै, उनले केही सेयर लगानी आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप पनि लागेको छ।

यी विषयमा तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन सुरु गर्न कांग्रेसले माग गरेको छ। ढिलासुस्ती भएमा जनविश्वासमा असर पर्ने चेतावनी पनि दिइएको छ। कांग्रेसले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले पदमा बसिरहन नहुने भन्दै राजीनामा दिनुपर्ने स्पष्ट धारणा राखेको छ।