रास्वपामा भूपदेव शाह महामन्त्री, सचिवालय विस्तार पनि

User Image Prime TV News २ हप्ता अगाडि
Image of रास्वपामा भूपदेव शाह महामन्त्री, सचिवालय विस्तार पनि

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्रीमा मनोनित गरेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा अनुमोदन गरेको हो। प्रधानमन्त्री बालेन शाह निकट मानिने भूपदेव शाह यसअघि काठमाडौँ महानगरपालिकामा मेयर हुँदा उनको सचिवालयमा कार्यरत थिए।

फागुन २१ को निर्वाचनमा उनी अछाम–२ बाट पराजित भएका थिए। त्यस्तै, बैठकले पार्टीको सचिवालय पनि विस्तार गरेको छ। अब थप दुई जना सदस्यलाई सचिवालयमा समावेश गरिएको छ। प्रवक्ता मनिष झाका अनुसार सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछाने ले गरेका थिए र सो प्रस्ताव बैठकले पारित गरेको हो।

यसअघि रास्वपाको सचिवालयमा १४ जना सदस्य रहेका थिए। अब थप दुई जना समावेश भएसँगै संरचना विस्तार गरिएको छ।