चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ट्राफिक वाक

User Image Prime TV News १ हप्ता अगाडि
Image of चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ट्राफिक वाक

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ट्राफिक वाक कार्यक्रम आयोजना गरेको छ ।

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी ट्राफिक प्रहरी र महानगर प्रहरी बलले र्याली निकालेको थियो ।

र्याली प्रदर्शन पश्‍चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटना रहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताए ।

त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने समेत उनले उल्लेख गर्दै उनले शान्तिसुरक्षा कायम गर्नका लागि सम्पूर्ण ध्यान केन्द्रीत गर्न निर्देशन दिए ।

कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, उपत्यका भित्रका सामुदायिक प्रहरी लगाएत सहभागी थिए ।