नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै

काठमाडौ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। त्यसैले आजको खेल नेपालका लागि सिरिज बराबरी गर्ने महत्वपूर्ण अवसर बनेको छ।

अघिल्लो खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेन। सुरुवातमै विकेट गुमाउँदा टोली दबाबमा परेको थियो। केही खेलाडी क्याच आउट भए भने केही एलबीडब्लु र रन आउट भए। यसले गर्दा ठूलो स्कोर बनाउन सकिएन।

आजको खेलमा नेपालले सम्हालिएर ब्याटिङ गर्नुपर्ने देखिएको छ। यूएईको फिल्डिङ राम्रो भएकाले साना गल्ती पनि महँगो पर्न सक्छ। कप्तान दीपेन्द्र सिंह ऐरी नेतृत्वको टोलीको फिल्डिङ पनि पहिलो खेलमा कमजोर देखिएको थियो। बलिङ ठीक भए पनि फिल्डिङ सुधार गर्नुपर्ने देखिएको छ।

डेब्यु खेल खेलेका हेमन्त धामी महँगा सावित भएका थिए। त्यसैले आजको खेलमा टोलीमा केही परिवर्तन हुन सक्ने सम्भावना छ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। यदि गल्ती सुधार्न सकेन भने सिरिज गुम्ने जोखिम रहनेछ।