सुनको भाउ बढ्यो, चाँदी सस्तो भयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनको भाउ बढ्यो, चाँदी सस्तो भयो

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।

आज सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुन २ लाख ९९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

सुन बढ्दा र चाँदी घट्दा बजारमा मिश्रित प्रभाव देखिएको छ।