प्रत्यक्ष नजितेका ४० क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दियो

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रत्यक्ष नजितेका ४० क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दियो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ जित्न नसकेका क्षेत्रहरूमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, ती क्षेत्रमा जनताका समस्या बुझ्न र समाधान गर्न सहज होस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।

उनले भने, “प्रत्यक्ष निर्वाचनमा जित्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको हो।” निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ४० वटा क्षेत्रमा जित हासिल गर्न सकेको थिएन। अब ती सबै क्षेत्रमा समानुपातिक सूचीबाट आएका सांसदहरूले जिम्मेवारी सम्हाल्ने छन्।

पार्टीका अनुसार, यस कदमले जनतासँग सम्पर्क बढाउने, स्थानीय समस्या छिटो बुझ्ने र कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।