लियोनाजले पीएसजीलाई २–१ ले हरायो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । फ्रेन्च क्लब ओलम्पिक लियोनाज फ्रेन्च शीर्ष डिभिजन लिग ‘लिग वान’मा पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध २–१ ले विजयी भएको छ ।
सोमबार लियोनाजले लिगअन्तर्गत फ्रान्सको पार्क डे प्रिन्सेस रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई २–१ ले पराजित गरेको हो । लियोनाजको जितमा इन्ड्रिक र अफोन्सो मोरेराले समान एक गोल गरे । पीएसजीका ख्विचा भारात्सखेलियाले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको छैटौँ मिनेटमा एन्ड्रिकले लियोनाजलाई अग्रता दिलाए । १८औँ मिनेटमा मोरेराले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा भारात्सखेलियाले पीएसजीको निम्ति एक गोल फर्काए । तर, उनको गोल टोलीको निम्ति खेलमा फर्कन पर्याप्त थिएन ।
जितसँगै लियोनाजले प्रतियोगितामा ५४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको लियोनाजले ३० खेल खेल्दा १६ जित, ६ बराबरी र आठ हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित पीएसजी भने हारका बाबजुद ६३ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।







