विवादपछि गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछानेसँग भेट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
विवादास्पद व्यापारी दीपक भट्ट समूहसँग सम्बन्धित लघु बिमा कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले आलोचनामा परेका छन्। यसै विषयलाई लिएर सामाजिक सञ्जालमा उनको राजीनामाको माग समेत उठिरहेको छ।
गृहमन्त्री गुरुङले यसबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै सेयर ऋणमार्फत लिएको बताएका छन्। तर सम्पत्ति विवरणमा यस विषय स्पष्ट नभएको भन्दै उनीमाथि प्रश्न उठिरहेका छन्। चैत १३ गते गृहमन्त्री बनेका गुरुङ हाल विवादबीच आफ्नै पार्टी सभापति लामिछानेलाई भेट्न पुगेका हुन्।
भेटको विषयमा आधिकारिक जानकारी दिइएको छैन। तर पछिल्ला घटनाक्रमका कारण यो भेटलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।







