कार्यव्यवस्था परामर्श समितिको सदस्य संख्या २१ बाट घटाएर १५ बनाइयो

User Image Prime TV News २ हप्ता अगाडि
Image of कार्यव्यवस्था परामर्श समितिको सदस्य संख्या २१ बाट घटाएर १५ बनाइयो

काठमाडौ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य संख्या घटाइएको छ। यसअघि २०७९ को नियमावली अनुसार दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्यबाहेक बढीमा २१ जना सदस्य रहने व्यवस्था थियो।

तर अहिले तयार गरिएको नयाँ मस्यौदामा उक्त संख्या घटाएर १५ जना मात्र रहने व्यवस्था गरिएको छ। मस्यौदा समितिका अनुसार समितिलाई अझ व्यवस्थित र छरितो बनाउन सदस्य संख्या घटाइएको हो। दलीय प्रतिनिधित्व भने कायम राखिनेछ।

कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था नियमावलीको दफा १३ मा उल्लेख गरिएको छ।