कर्णाली प्रदेशको कांग्रेस चुनावी समीक्षा कार्यक्रम स्थगित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा तय गरिएको चुनावी समीक्षा कार्यक्रम स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मातहतका समितिलाई पत्र पठाउँदै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
सुर्खेतमा वैशाख ११ गते हुने भनिएको कार्यक्रम विशेष कारणले स्थगित गरिएको परिपत्रमा उल्लेख छ। यसअघि सुदूरपश्चिम प्रदेशको कार्यक्रम पनि स्थगित गरिएको थियो। तर मधेश, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा भने कार्यक्रम सम्पन्न भइसकेको छ। कोशी प्रदेशमा कार्यक्रम बुधवार हुने तय छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वसभापति शेरबहादुर देउवा निकट मानिन्छ। यी दुवै प्रदेशमा कार्यक्रम स्थगित भएपछि पार्टीभित्रको आन्तरिक समन्वयबारे चर्चा भइरहेको छ। कांग्रेसले चुनावी समीक्षा कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दै आएका छन्।







