आज शेयर बजारमा दोहोरो अंकको गिरावट, १७ दशमलव ९१ अंकले घटेर २,८०७ को विन्दुमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ९१ अंकले घटेर २,८०७ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावर कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १४ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।







