जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण, विशेष क्लिनिक र निःशुल्क उपचार सेवा सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण, विशेष क्लिनिक र निःशुल्क उपचार सेवा सुरु

काठमाडौ । सरकारले जेनजी युवा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचारमा सहजता दिलाउन परिचयपत्र वितरण सुरु गरेको छ। गृह मन्त्रालयद्वारा जारी परिचयपत्रको आधारमा घाइतेहरूले देशभरका तोकिएका अस्पतालहरूमा निःशुल्क र प्रभावकारी उपचार पाउने व्यवस्था मिलाइएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र वितरणको सुरुवात गरे। साथै, सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र वितरण गर्न परिपत्र पठाइएको छ।

घाइतेहरूको नियमित फलोअप उपचारलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकासहित देशभरका १६ वटा अस्पतालहरूमा ‘डेडिकेटेड जेनजी क्लिनिक’ स्थापना गरिएको छ। साथै, अस्पतालसम्म जान–आउनका लागि निःशुल्क यातायात सेवा (एम्बुलेन्स) समेत उपलब्ध गराइनेछ।

उपचारको गुणस्तर सुनिश्चित गर्न विशेषज्ञ चिकित्सकहरूको संयोजकत्वमा कार्यदल गठन गरिने भएको छ। कार्यदलले घाइतेहरूको वर्गीकरण गरी आवश्यक उपचार प्रक्रिया अघि बढाउने बताइएको छ ।