प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (नियमावलीको पूर्णपाठ)

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (नियमावलीको पूर्णपाठ)

काठमाडौ । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ।

मंगलबार मस्यौदा समितिका सभापति तथा सांसद गणेश पराजुलीले सभामुखलाई मस्यौदा हस्तान्तरण गरेका हुन्। मस्यौदा बुझ्दै सभामुख अर्यालले नियमावलीलाई कानुनी प्रक्रिया अनुसार छिट्टै पारित गरिने बताएका छन्। उनले संविधान, पुराना अभ्यास र कानुनका व्यवस्थालाई समेटेर सभा सञ्चालन गरिने बताए।

समितिले तयार पारेको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ वटा अनुसूची समावेश छन्। नयाँ नियमावली लागू भएपछि प्रतिनिधिसभाको काम कारबाही अझ व्यवस्थित र स्पष्ट हुने विश्वास गरिएको छ।