धितोपत्र बोर्डका लागि नयाँ अध्यक्ष छान्न समिति गठन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नयाँ सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको नेतृत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्यका रूपमा रहेका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारको यो निर्णय सार्वजनिक गरेका हुन्। यो समितिले योग्य व्यक्ति छनोट गरेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ।







