गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ४ युवा पक्राउ

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ४ युवा पक्राउ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई सिंहदरबार परिसरबाट नियन्त्रणमा लिइएको हो।

ती युवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरिरहेका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पछिल्ला दिनमा गृहमन्त्री गुरुङमाथि सेयर कारोबारसँग सम्बन्धित विवाद उठेपछि उनको आलोचना बढ्दै गएको छ।