अमेरिकी उच्च अधिकारी र अर्थमन्त्रीबीच भेट, लगानी र व्यापारबारे छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of अमेरिकी उच्च अधिकारी र अर्थमन्त्रीबीच भेट, लगानी र व्यापारबारे छलफल

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री एस पल कपुर बीच मंगलबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपाल र अमेरिकाबीच आर्थिक सहकार्य, व्यापार विस्तार र लगानी बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

उक्त छलफलमा नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए। तीन दिने नेपाल भ्रमणमा रहेका कपुरले मंगलबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ बलियो बनाउने र आर्थिक सहकार्य बढाउने विषयमा कुराकानी भएको छ।

सरकार परिवर्तनपछि नेपाल भ्रमण गर्ने कपुर पहिलो उच्च तहका अमेरिकी कूटनीतिज्ञ हुन्। उनको भ्रमणलाई दुई देशबीच सम्बन्ध विस्तारको अवसरका रूपमा हेरिएको छ।