कांग्रेसले आज विराटनगरमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेसले आज विराटनगरमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै

काठमाडौ । गगन थापा आज कोसी प्रदेशको निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै छन् । कार्यक्रममा कोसी प्रदेशका केन्द्रीय नेता, प्रदेश समिति, सांसद, जिल्ला र क्षेत्रीय सभापति तथा उम्मेदवारहरू सहभागी हुनेछन्।

पछिल्लो निर्वाचनमा राम्रो नतिजा नआएपछि कांग्रेसले विभिन्न प्रदेशमा समीक्षा कार्यक्रम गरिरहेको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्ता बैठक भइसकेका छन्। 

सहमहामन्त्री डिला संग्रौलाका अनुसार कार्यक्रममा संगठन बलियो बनाउने, चुनावको नतिजा हेर्ने र आगामी योजना बनाउने विषयमा छलफल हुने जानकारी दिइन् ।

कांग्रेसले यी कार्यक्रममार्फत पार्टीका कमजोरी सुधार्ने, संगठन विस्तार गर्ने र आगामी चुनावका लागि तयारी गर्ने योजना बनाएको छ। साथै, १५औँ महाधिवेशनको तयारी र कार्यकर्तालाई सक्रिय बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।