लोकप्रियतावाद र अवसरवाद टिक्दैनन्: एमाले महासचिव पोखरेल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद बलियो विचार भएकाले अन्य प्रवृत्तिहरू टिक्न नसक्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन्। उनका अनुसार लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका लागि मात्रै देखिने समस्या हुन्।
पोखरेलले कम्युनिस्ट आन्दोलनको इतिहास सम्झिँदै पुष्पलाल श्रेष्ठ लगायतका संस्थापक नेताहरूको योगदानको चर्चा गरेका छन्। उनले जबजको मार्गमा अघि बढ्दै समाजवादको लक्ष्य पूरा गर्नुपर्ने बताएका छन्।
साथै पार्टीका नेता र कार्यकर्तालाई स्थापना दिवसका कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। आज एमाले केन्द्रीय कार्यालयसहित देशभर विभिन्न स्थानमा स्थापना दिवसका कार्यक्रम आयोजना भइरहेका छन्।







