सुदन किरातीले प्रलोपा परित्याग गरे

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुदन किरातीले प्रलोपा परित्याग गरे

काठमाडौ । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा अन्त्य गरेका छन्। यसअघि अध्यक्ष परिषद् सदस्यबाट राजीनामा दिएका उनले अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले करिब पाँच महिनाको राजनीतिक यात्रापछि पार्टी छाड्ने निष्कर्षमा पुगेको बताएका छन्। किरातीले पार्टीमा रहँदा सहयोग गर्ने नेता र कार्यकर्ताप्रति धन्यवाद दिएका छन्। उनले सो अवधिमा पाएको अनुभवलाई महत्वपूर्ण भएको बताएका छन्।

उनका अनुसार संगठनसँग औपचारिक सम्बन्ध अन्त्य भए पनि व्यक्तिगत सम्बन्ध भने कायम रहनेछ। उनले सबैसँग सम्मान र सद्भाव रहने विश्वास व्यक्त गरेका छन्। किरातीले जनताको विश्वास र सहिदहरूको सपना पूरा गर्ने आफ्नो प्रतिबद्धता कायम रहने बताएका छन्। “आगामी बाटो सजिलो नहुन सक्छ, तर म आफ्नो लक्ष्यमा अडिग रहनेछु,” उनले उल्लेख गरेका छन्।