अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमण सकियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा गरी अमेरिका फर्किएका छन्। उनको भ्रमण दुई देशबीचको सम्बन्ध र सहकार्यमा केन्द्रित थियो। नेपाल बसाइका क्रममा उनले रवि लामिछाने, स्वर्णिम वाग्ले र शिशिर खनालसँग भेटवार्ता गरेका थिए। तर नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भने भेट गरेनन् ।
नेपालमा रहदा उनले सूचना प्रविधि क्षेत्रका व्यवसायीसँग पनि छलफल गरेका थिए। यसअघि यस्ता भ्रमणमा प्रधानमन्त्रीसँग पनि भेट हुने गरेको थियो। कपुरले ‘सेलेक्ट–युएस’ लगानी सम्मेलनमा जाने नेपाली टोलीसँग पनि कुरा गरेका थिए। अर्थमन्त्री वाग्लेसँग उनले लगानी र व्यापारका विषयमा विस्तृत छलफल गरेका थिए।
अमेरिकी दूतावास नेपालले उनको भ्रमण सफल भएको जनाएको छ। दूतावासका अनुसार यसले विशेष गरी प्रविधि क्षेत्रमा सहकार्य बढाउने सम्भावना खोलेको छ। काठमाडौंमा रहँदा उनले बौद्धनाथ र पाटन दरबार क्षेत्र पनि अवलोकन गरेका थिए। कपुर हालका दिनमा नेपाल आएका वरिष्ठ अमेरिकी अधिकारीमध्ये एक हुन्।







