सुन र चाँदीको भाउ घट्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८०० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। हिजो भने सुन ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १३० रुपैयाँमा पुगेको छ।
मंगलबार चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो। बजारमा अन्तर्राष्ट्रिय मूल्य र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको भाउमा उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन्।







