प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री कार्यालय पुगे

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री कार्यालय पुगे

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। उनले प्रधानमन्त्री बालेन शाह सँग भेटेर छलफल गरेका हुन्।

हालै गृहमन्त्री गुरुङको नाम विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनको कम्पनीमा सेयर रहेको विषय सार्वजनिक भएपछि उनी आलोचनामा परिरहेका छन्। यस विषयलाई लिएर उनीमाथि राजीनामा दिनुपर्ने दबाब पनि बढिरहेको छ।

यही अवस्थामा गृहमन्त्री गुरुङ प्रधानमन्त्री कार्यालय पुगेर छलफल गरेकाहुन्। तर छलफलमा के–के विषय उठाइयो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।