शिक्षा मन्त्री पुनको प्रश्न: विश्वविद्यालयको गुणस्तर कसरी सुधार गर्न सकिन्छ ?


काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विषयमा शिक्षा मन्त्रालयमा चासो व्यक्त गरेका छन्।
आज शिक्षा मन्त्रालयमा त्रिविका भिसी (उपकुलपति), रजिष्ट्रार, रेक्टर, सम्पूर्ण डीन र अन्य संलग्न सदस्यहरूसँगको छलफलमा पुनले विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा परिणत गर्न सकिन्छ? भनि सोधेका थिए ।
उक्त प्रश्नको उनीहरुले विश्वविद्यालयलाई राजनीति मुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार गर्न सम्भव नभएको बताएका थिए । त्रिवि पदाधिकारीहरुको जवाफ संगै मन्त्री पुनले त्रिविलाई राजनीतिकरणबाट मुक्त हुने उपायहरु दशैंपछि ल्याउन निर्देशन दिएका थिए ।