गृहमन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री बालेन शाहले सम्हाल्ने

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा राखिएको हो।

गुरुङले विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि राजीनामा दिएका हुन्। उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद छोडेको बताएका छन्। सरकार बनेको २६ दिनमै उनले पदबाट राजीनामा दिएका हुन्।

यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठेको थियो। साथै माइक्रो इन्स्योरेन्स लगायत क्षेत्रमा गरिएको लगानी र सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत भएको आर्थिक कारोबारबारे पनि विवरण बाहिर आएको थियो। यी विषयहरू सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। अन्ततः उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन्।