गृहमन्त्रीको राजीनामा बारे प्रचण्ड भन्छन्– उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको राजीनामालाई सही निर्णय भएको टिप्पणी गरेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न उठेपछि पदबाट राजीनामा दिनु उचित भएको बताएका हुन्। गृहमन्त्री सुधन गुरुङले विवादमा तानिएपछि बुधबार नै पदबाट राजीनामा दिएका थिए।
पत्रकारहरूको प्रश्नमा प्रचण्डले छोटो प्रतिक्रिया दिँदै भने, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।” गुरुङको राजीनामापछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।







