गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग गरे छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग गरे छलफल

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन्।

राजीनामा दिनुअघि गृहमन्त्री गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेट भएको बताइएको छ। गृहमन्त्रीको राजीनामापछि तुरुन्तै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाइएपछि सुरक्षा व्यवस्थासँग सम्बन्धित विषयमा छलफल भएको अनुमान गरिएको छ।

तर बैठकमा के–के विषयमा छलफल भयो भन्नेबारे सरकार पक्षले औपचारिक जानकारी दिएको छैन।