उपत्यकामा अत्यधिक गर्मी बढ्ने अनुमान, देशका केही ठाउँमा भने वर्षाको सम्भावना
Prime TV News २ हप्ता अगाडि काठमाडौ । देशमा अहिले पश्चिमी र स्थानीय वायुको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान हिमाली क्षेत्र र कोसी प्रदेशको तराईमा आंशिक बादल लागेको छ भने अन्य ठाउँमा मौसम प्रायः सफा छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
तराई क्षेत्र भने आज बढी प्रभावित हुने देखिएको छ। मधेस प्रदेश सहित बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा अत्यधिक गर्मी बढ्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरसमेत चल्न सक्ने चेतावनी दिइएको छ।
राति भने धेरै ठाउँमा मौसम सफा रहनेछ। कोसी प्रदेशका केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्छ। यसैबीच काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना निकै कम रहेको मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार आकाशमा सामान्य बादल देखिए पनि वर्षा हुने सम्भावना कमजोर छ।







