सुकुम्बासी बस्ती हटाउने निर्णयमा विरोध, रक्षा बमले भनिन्– “यो राजनीतिक बेइमानी”

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुकुम्बासी बस्ती हटाउने निर्णयमा विरोध, रक्षा बमले भनिन्– “यो राजनीतिक बेइमानी”

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाउन दिएको निर्देशनप्रति विरोध सुरु भएको छ। जेनजी अगुवा रक्षा बमले उक्त निर्णयको कडा आलोचना गरेकी छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको कदमलाई 'अपरिपक्वता' र राष्ट्रिय स्वतन्त्र पार्टीको 'राजनीतिक बेइमानी' भएको बताइन्। उनले बालेनलाई आफ्नै पार्टीको वाचा पत्र सम्झिन पनि आग्रह गरेकी छन्।

यसअघि रास्वपा सभापति रवि लामिछानेले पनि सुकुम्बासी बस्ती हटाउने प्रयासको विरोध गर्दै कडा अभिव्यक्ति दिएका थिए, जुन भिडियो सामाजिक सञ्जालमा निकै फैलिएको थियो।

चुनावका बेला बालेनले सुकुम्बासी समस्या निश्चित समयभित्र समाधान गर्ने वाचा गरेका थिए। तर अहिले बस्ती नै हटाउने तयारी भएपछि आलोचना बढ्न थालेको छ।

प्रधानमन्त्री बनेपछि उनले सुकुम्बासी बस्ती हटाउने काम काठमाडौँबाट सुरु गर्न निर्देशन दिएका छन्। यसअघि मेयर हुँदा पनि यस्तो प्रयास गरेका थिए, तर स्थानीयको विरोधका कारण सफल भएका थिएनन्।