अमेरिका वार्तामा तनाव, धम्कीले प्रक्रिया प्रभावित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्। तर उनले धम्की र दबाबका कारण वार्ता प्रभावकारी हुन नसकेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले इरान सधैं संवाद र सम्झौताका पक्षमा रहेको उल्लेख गरेका छन्। तर वाचा तोड्ने र नाकाबन्दी गर्ने कामले विश्वास घटाएको उनको भनाइ छ।
उनले अमेरिकाको व्यवहारमाथि पनि प्रश्न उठाएका छन्। उनका अनुसार अमेरिकाले बोल्ने र गर्ने कामबीच फरक देखिएको छ । यता डोनाल्ड ट्रम्प ले भने छिट्टै दोस्रो चरणको वार्ता सुरु हुन सक्ने बताएका छन्। उनले पाकिस्तानमा शुक्रबारसम्म वार्ता हुन सक्ने संकेत दिएका छन्।
अहिले दुवै देश वार्ताको कुरा गरिरहेका छन्। तर आपसी विश्वासको कमी र लगातारको दबाबले सहमति पुग्न गाह्रो देखिएको छ।







