हर्कको नयाँ राजनीतिक यात्राः 'श्रम संस्कृति पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

User Image Prime TV News १ हप्ता अगाडि
Image of हर्कको नयाँ राजनीतिक यात्राः 'श्रम संस्कृति पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले औपचारिक राजनीतिक दलमार्फत राष्ट्रिय राजनीतिमा होमिने संकेत दिएका छन्। उनले ‘श्रम संस्कृति पार्टी’ नामक नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। साम्पाङले असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन्। उक्त दलमा स्वयं साम्पाङलाई अध्यक्ष बनाउने प्रस्तावसहितको निवेदन आयोगमा परेको बताइएको छ।

स्थानीय स्तरमा खानेपानी लगायतका जनसरोकारका मुद्दा उठाउँदै स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर पद जितेका साम्पाङले, पछिल्लो समय राष्ट्रिय राजनीतिमा समेत सक्रियता देखाउँदै आएका छन्। उनले आफ्नै पहलमा श्रमदानमार्फत धरानमा खानेपानीको व्यवस्थापनको अभियान चलाएका थिए, जसले उनीप्रति आम जनताको विश्वास बढाएको थियो।

जेनजी आन्दोलनपछिको चरणमा साम्पाङले काठमाडौंमा उपस्थित हुँदै देशको नेतृत्वको वैकल्पिक धारणासहित जनमत बटुल्ने प्रयास गरेका थिए । तर, एकीकृत सहमति नबन्ने अवस्था आएपछि उनले संस्थागत रूपमा अगाडि बढ्ने निर्णय लिएको देखिन्छ।