थापाथलीका सुकुम्बासी हटाउने तयारीप्रति जेनजेड रेड फोर्स नेपालद्धारा विरोध

User Image Prime TV News २ हप्ता अगाडि
Image of थापाथलीका सुकुम्बासी हटाउने तयारीप्रति जेनजेड रेड फोर्स नेपालद्धारा विरोध

काठमाडौ । काठमाडौको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने तयारीप्रति ‘जेनजेड रेड फोर्स नेपाल’ले विरोध जनाएको छ। संस्थाकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गर्दै सुकुम्बासीलाई बिना विकल्प र क्षतिपूर्ति हटाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।

विज्ञप्तिमा गरिब र विपन्न वर्गलाई वर्षात्को समयमा हटाउनु अन्यायपूर्ण भएको उल्लेख छ। साथै, चुनावका बेला नेताहरूले सुकुम्बासीको पक्षमा गरेका वाचा सम्झिन पनि आग्रह गरिएको छ। त्यसैगरी, रवि लामिछाने लगायत नेताहरूलाई पनि आफ्नो प्रतिबद्धता पूरा गर्न भनिएको छ।

संस्थाले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न र जनतालाई समस्या नपर्ने गरी काम गर्न सरकारसँग माग गरेको छ।