ओपीडी सेवा निरन्तर सञ्चालन गर्न पूर्व मन्त्री स्वास्थ्य मन्त्री पौडेलको आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of ओपीडी सेवा निरन्तर सञ्चालन गर्न पूर्व मन्त्री स्वास्थ्य मन्त्री पौडेलको आग्रह

काठमाडौ । काठमाडौमा सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीहरू समस्यामा परेको भन्दै प्रदीप पौडेलले सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले बिदाको समयमा ओपीडी सेवा नहुँदा बिरामी निजी अस्पताल जान बाध्य हुने र यसले खर्च बढाउने बताएका छन्। स्वास्थ्य सेवा सबैका लागि सहज र सुलभ हुनुपर्ने उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा रहँदा बिदाका दिनमा पनि सेवा दिन पहल गरिएको उनले स्मरण गरेका छन्।

अतिरिक्त समय काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिने व्यवस्था पनि गरिएको थियो। उनले अस्पतालमा बिरामीको चापलाई ध्यानमा राखेर ओपीडी सेवा विस्तार गर्न र समय बढाउन आवश्यक रहेको बताएका छन्। स्वास्थ्य सेवा संवेदनशील विषय भएकाले यसलाई घटाउने होइन, अझ विस्तार गर्नुपर्ने उनको जोड छ।