सुनचाँदीको भाउ फेरि घट्यो, सुन १ हजार ८ सय र चाँदी ११० रुपैयाँले सस्तो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बिहीबार सुन र चाँदी दुवैको भाउ फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ११० रुपैयाँले घटेको छ।
महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत बिहीबार सुनको भाउ ३ लाख २ हजार ८ सय रुपैयाँ थियो।
चाँदीको भाउ पनि घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार चाँदीको भाउ ५ हजार २८० रुपैयाँ थियो। पछिल्ला केही दिनदेखि सुनचाँदी दुवैको मूल्य लगातार घट्दै गएको देखिएको छ।







