रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित, आरोपपत्र संशोधन विवाद पूर्ण इजलासमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित, आरोपपत्र संशोधन विवाद पूर्ण इजलासमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित आरोपपत्र संशोधनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सरकारी वकिलको मागपछि सुनुवाइ रोकिएको हो।

यो विवाद सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दासँग जोडिएको छ। महान्यायाधिवक्ता कार्यालयले आरोपपत्र संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर गरिएको थियो। यसअघि सर्वोच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले यो विषयमा गम्भीर कानुनी व्याख्या आवश्यक रहेको भन्दै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

अदालतले ‘थप प्रमाण’ को आधारमा आरोपपत्र संशोधन गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा स्पष्टता आवश्यक रहेको जनाएको छ। त्यस्तै, आरोपपत्र संशोधनको अन्तिम निर्णय जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सर्वोच्च अदालतले यसमा हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने विषय पनि स्पष्ट हुनुपर्ने इजलासको भनाइ छ।

यस विषयमा कानुनी व्याख्या गर्नुपर्ने भएकाले मुद्दा पूर्ण इजलासमा पुगेको भए पनि आजको सुनुवाइ भने स्थगित भएको छ।