सुकुम्वासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्मा छलफल नभएको सरकारको स्पष्टोक्ति
Prime TV News २ हप्ता अगाडि काठमाडौ । सरकारले देशभरका सुकुम्वासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल वा निर्णय नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहले काठमाडौंसहित देशभरका सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएको चर्चा भइरहेका बेला सरकारको यस्तो प्रतिक्रिया आएको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेललाई यसबारे सोधिएको थियो। तर उनले उक्त विषय बैठकमा नउठेको र कुनै निर्णय नभएको बताए। उनले भने, “त्यसबारे अहिलेसम्म मन्त्रिपरिषद्बाट त्यस्तो कुनै पनि निर्णय भएको छैन।”
सरकारले हालसम्म सुकुम्वासी बस्ती हटाउने विषयमा औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ।







