रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गर्‍यो

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गर्‍यो

काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ मा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ।

पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार प्रारम्भिक निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि सुरु भई शनिबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। यो चरणमा रुपन्देही–३ क्षेत्रका पार्टी सदस्यहरू, सोही क्षेत्रमा रहेका तहगत समिति सदस्यहरू तथा पार्टीका केन्द्रीय समिति सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्।

मतदाताहरूले नौ जना आकांक्षी उम्मेदवारहरूमध्ये आफूले रोजेको एक जनालाई मत दिन सक्नेछन्। कुनै पनि उम्मेदवार उपयुक्त नलागेमा “नन अफ द अभव”  विकल्पमा मतदान गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।

आचार्यका अनुसार प्रारम्भिक निर्वाचनको कुल मूल्याङ्कनमा ५० प्रतिशत भाराङ्क निर्धारण गरिएको छ। ८० प्रतिशत रुपन्देही–३ का पार्टी सदस्यहरूको मत, १० प्रतिशत सो क्षेत्रका तहगत समिति सदस्यहरूको मत, १० प्रतिशत केन्द्रीय समिति सदस्यहरूको मत रहने गरि भाराङ्क तीन तहमा बाँडिएको छ । 

रास्वपाले आफ्नो स्थापना कालदेखि नै डिजिटल प्रणालीलाई आन्तरिक लोकतन्त्रको आधार बनाउँदै आएको बताउँदै, पार्टीको उम्मेदवार छनोट प्रक्रिया पूर्णतः डिजिटल माध्यमबाट अघि बढाइएको जनाएको छ।

यसअघि सम्पन्न पहिलो चरणमा ५० प्रतिशत भाराङ्क रहने लिडरशिप एकेडेमीु, पोलिटिकल प्रोक्सिमिटीु र समावेशी मापदण्डु आधारित मूल्याङ्कन प्रक्रिया पूरा भइसकेको आचार्यले जानकारी दिए।

दोस्रो चरणको प्रारम्भिक निर्वाचनपछि आगामी भदौ १५ गते पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार घोषणा गर्नेछ।