प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेकी छन् । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनालाई नियुक्त गरेको हो । खनाल पत्रकार तथा राजनीतिक विश्लेषक हुन् ।

यस्तै बैठकले प्रधानमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गरेको छ । 

बैठकले यहि कार्तिक १० गते देखि १३ गते सम्म भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको बैठकमा सहभागी हुन उर्जा मन्त्री कुलमान घिसिङको भ्रमण स्विकृत गरेको सरकारका प्रवक्ता जग्दीश खरेललेे जानकारी दिए ।