प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने पुरानो निर्णय खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय रद्द गरेको हो।
यसअघि २०७५ साल भदौ १ गते भएको निर्णयअनुसार महाराजगञ्जमा रहेको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई अन्यत्र सार्ने योजना बनाइएको थियो।तर अहिलेको निर्णयसँगै उक्त जग्गा प्रहरी प्रशिक्षण प्रतिष्ठानकै मातहतमा रहने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अब प्रतिष्ठानलाई अन्यत्र सार्ने योजना पनि अघि नबढ्ने भएको छ।







