महान्यायाधिवक्ताको योग्यताबारे सर्वोच्चको कारण देखाउ आदेश

User Image Prime TV News २ हप्ता अगाडि
Image of महान्यायाधिवक्ताको योग्यताबारे सर्वोच्चको  कारण देखाउ आदेश

काठमाडौ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी को इजलासले सरकारलाई लिखित जवाफ दिन भनेको छ। साथै, अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा बोलाइएको छ । अधिवक्ताहरूले कँडेलको नियुक्ति संविधानअनुसार नभएको भन्दै रिट दर्ता गरेका हुन्।

उनीहरूले कँडेलसँग आवश्यक योग्यता नभएको दाबी गरेका छन्। सरकारले कँडेललाई गत चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेको थियो। रिटमा उक्त नियुक्ति बदर गर्न र कँडेललाई पदमा काम गर्न रोक लगाउन माग गरिएको छ।

निवेदकका अनुसार संविधानमा उल्लेख भएअनुसार महान्यायाधिवक्ता बन्न निश्चित योग्यता चाहिन्छ, तर कँडेलसँग त्यो योग्यता नपुगेको दाबी गरिएको छ। अब यस विषयमा अदालतमा थप सुनुवाइ हुने छ र त्यसपछि मात्रै अन्तिम निर्णय आउनेछ।