ओली सहित पाँच जनालाई विदेश यात्रा गर्न रोक


काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेता केपी शर्मा ओली र उनका मन्त्रीपरिषद्का सदस्य गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश यात्रा गर्न रोक लगाइएको छ। यस निर्णयमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि समावेश छन्।
जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेको आरोपमा यी सबै व्यक्तिहरूको छानबिन भइरहेको छ। न्यायिक जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रा रोक्ने निर्णय गरेको हो। अब ती व्यक्तिहरूलाई उपत्यकाबाहिर जानका लागि आयोगको अनुमति आवश्यक हुनेछ।
"भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिनको सिलसिलामा उक्त व्यक्तिहरू अनुसन्धानको दायरामा रहेका कारण विदेश जान रोक लगाउन आवश्यक छ। साथै, कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नको लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ," आयोगले आफ्नो निर्णयमा उल्लेख गरेको छ।
शनिबार मात्र उनले सरकारको आलोचना गर्दै यसलाई हाहुबाट बनेकोू टिप्पणी गरेका थिए। गृहमन्त्री रमेश लेखक भने अहिले आमाको काजक्रिया गर्ने कार्यमा व्यस्त छन्।