सुन–चाँदीको मूल्य घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुन–चाँदीको मूल्य घट्यो

काठमाडौ । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। लगातार दोस्रो दिन बजारमा भाउ ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।

यो अघिल्लो दिनको तुलनामा २ हजार २०० रुपैयाँले कम हो। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो बिहीबारको मूल्यभन्दा २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर नभई उतारचढाव भइरहेको देखिन्छ। आज सुन प्रतिऔंस ४ हजार ६ सय ७१ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।

लगातार मूल्य घट्दा बजारमा किनमेल बढ्न सक्ने अनुमान गरिएको छ।