कानुनी शासनबारे ओमप्रकाश अर्यालको सरकारलाई सुझाव
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारलाई कानुनी शासनको महत्वबारे सचेत गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
अर्यालले ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच फरक रहेको उल्लेख गर्दै सही अर्थमा कानुनको शासन लागू गर्नुपर्ने बताएका छन्। उनका अनुसार सुशासनका लागि ‘रुल अफ ल’ आवश्यक हुन्छ। उनले 'सुशासनको जग बसाल्न रुल अफ लको जगेर्ना गरौं' भन्दै सरकारलाई सही दिशामा अघि बढ्न आग्रह गरेका छन्।
अर्याल यसअघि वालेन्द्र शाहका कानुनी सल्लाहकारसमेत रहेका थिए।







