ओलीको राहदानी रोक्का सिफारिस राजनीतिक प्रतिशोध: एमाले

User Image Prime TV News ११ महिना अगाडि
Image of ओलीको राहदानी रोक्का सिफारिस राजनीतिक प्रतिशोध: एमाले

काठमाडाै । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्न जाँचबुझ आयोगले गरेको सिफारिसप्रति कडा आपत्ति जनाएको छ। एमालेले यसलाई राजनीतिक प्रतिशोधको प्रयास भन्दै आयोगको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीसहित केही नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको समाचार सार्वजनिक भएपछि एमालेले औपचारिक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

यसअघि गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरिएको थियो। अब दसैंको अवसर पारेर गरिएको यो प्रतिशोधपूर्ण सिफारिस गम्भीर रूपमा आपत्तिजनक छ, विज्ञप्तिमा उल्लेख छ।

सचिवालय बैठकपछि जारी गरिएको उक्त विज्ञप्तिमा आयोगले गरेको निर्णयले आयोगकै निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको पनि उल्लेख गरिएको छ।

एमालेले घटनाको निष्पक्ष छानबिनको पक्षमा आफू रहेको बताउँदै राजनीतिक पूर्वाग्रही निर्णयहरू स्वीकृत नहुने चेतावनी दिएको छ।